तपाईले चिनियाँ राष्ट्रपतिलाई किन भेट्नुभएन ? पढ्नुस्, प्रचण्डको जवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण पूरा गरी स्वेदश फर्किएका छन् । बुधबार राति उनी चीन भ्रमणबाट नेपाल फर्किएका हुन् ।

अध्यक्ष प्रचण्डले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । उनले चीन भ्रमणमा जाँदा आफूले लिएको उद्देश्य पूरा भएको बताउँदै त्रिभुवन अन्तराष्टिय विमानस्थलमा पत्रकारहरुसँग भने, ‘मैले चीन भ्रमणमा जाँदा जुन लक्ष्य लिएर गएको थिए, ती सबै लक्ष्यहरु हासिल भएकाले मैले मेरो चीन भ्रमण पूर्णत सफल भएको मानेको छु ।’

प्रचण्डले आफ्नो भ्रमणबाट दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध समेत समुधुर भएको दावी गरे । उनले भने, ‘चीन र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप समुधुर बनाउने मेरो लक्ष्य थियो, यो भ्रमणबाट सम्बन्ध समुधुर बनेको विश्वास मैले लिएको छु ।’

प्रचण्डले चीनका महत्वपूर्ण व्यक्तिहरुलाई भेटघाट गरेको बताउँदै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाटको कार्यक्रम नै नभएकाले नभेटेको बताएका छन् ।

तपाईले चिनियाँ राष्ट्रतिज्युलाई किन भेट्नुभएन ? पत्रकारको प्रश्नमा प्रचण्डले जवाफ दिँदै भने, ‘चिनियाँ राष्ट्रपतिसँग भेट्ने मेरो कार्यतालिका नै थिएन ।’