आज घटस्थापना, घरमा दुर्गा माताको बाँस गराउन ध्यान दिनुहोस यी ९ कुरा, सेयर गरेर सबैलाई जानकारी गरौं

हिन्दू धर्मालम्वीहरुको महान् पर्व बुधबार (आज )देखि सुरु भएको छ । अबको नौ दिनसम्म चल्ने दशैंमा देवी दूर्गाको पूजाको लागि बुधबार घटस्थापना गरिँदै छ ।

सकेसम्म घटस्थापना अपराह्न तथा साँझ राख्नु पर्द्छ भन्ने मान्यता रहेको छ । शास्त्रानुसार साँझ ४.२८ देखि ६.०३ सम्म कुम्भ लग्नमा र राती ७.३२ देखि ९.१५ सम्म मेष लग्न रहेको छ । त्यस्तै राती ९.१५ देखि ११.१२ सम्म वृष लग्नले शुभ हुने देखिएको छ।

यसको धार्मिक आस्थाका अनुसार सबैभन्दा पहिले श्री रामचन्द्रले यस शारदीय नवरात्रि पूजाको आरम्भ समुद्र तटमा गरेका थिए । त्यसको १० औं दिन लंका विजयको लागि प्रस्थान गरेका थिए र विजय पनि प्राप्त गरेका थिए । त्यही समयदेखि असत्य र अधर्म माथि सत्यको विजय भएको दिनको सम्झनामा दशमी मनाउने गरिन्छ ।

दूर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । यिनी सबै प्रकारको सिद्धि दिनेवाली देवीको रुपमा चिनिन्छ । यिनको बाहन सिंश हो तापनि यिनी कमलको फुल माथि पनि बस्ने गरेकी हुन्छिन् । नवरात्रिको नवौं दिन नै यिनै देवीको पूजा गरिन्छ ।

यिनै शक्तिदात्री देवी दूर्गाको पूजा परम्परा हाम्रो परापूर्व कालदेखिको परम्परा हो । यिनै देवीको पूजाको लागि कलश स्थापना गर्दा ध्यान दिनुपर्ने नौ वटा विषयलाई तल प्रस्तुत गरिएको छ ।